सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडाैँका सबै सफाइ कर्माचारीकाे रिपाेर्ट नेगेटिभ

काठमाडौं । काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । महानरपालिकाले जेठ ३ गते इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । ९३४ मध्ये ६६४ जनाको आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट परीक्षण भएको थियो ।


आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएका ६६४ जनामध्ये ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । परीक्षणबाट एन्टिबडी पोजेटिभ देखिएका सबैको (थ्रोट स्वाब) पिसिआर परीक्षण गरेर थप परीक्षण गरिएको थियो । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार शनिबार बेलुका आएको पिसिआरको रिजल्ट नेगेटिभ देखिएको हो । साँझमा नतिजा आएपछि घर जान सक्नेलाई जान दिइएको र घर जान सम्भव नहुने आज बिभागकै क्वारेन्टाइनमा बस्ने बिभागीय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


परीक्षण गर्दा सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुलाई जोखिममा राखेर पिसिआर बिधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडिटि परीक्षण गरिएको थियो । त्यसपछि उहाँहरुलाई बिभागमै राखिएको थियो । परीक्षण निरीक्षण गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्य बिभागमा जानुभएको थियो । परिणाम पोजेटिभ आएपछि कर्मचारीको हौसला बढाउन प्रमुख र उपप्रमुख बिभाग जानुभएको थियो ।


वातावरण व्यवस्थापन बिभागमातहतका ९४५ जना कर्मचारीमध्ये ७३० कुचीकार हुनुहुन्छ । उहाँहरुमध्ये ४९३ जनालाई वडा कार्यालयहरुबाट सरसफाइमा खटाउने गरिएको छ भने १६० जनालाई बिभागले मुल सडकलगायत अन्य सार्वजनिक स्थलको सफाइमा खटाउने गरेको छ । वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलकाअनुसार शंखपार्कमा ३ जना, सभा गृहमा ७ जना, बागदरबार १० जना, शंखधर उद्यानमा १७ जना, बसन्तपुरमा १३ जना, बालाजु पार्कमा २७ जना र ल्याण्डफिल साइट व्यवस्थापनमा ९ जना कर्मचारी हुनुहुन्छ ।


बिभागमा प्रशासनिक र प्राबिधिक गरी टेवुलमा काम गर्ने १५ जना, भारी सवारी चालक मेकानिकल शाखामा ३० जना र १७ जना नगर प्रहरी हुनुहुन्छ । यसै गरी भारी सवारी चालक ४२ जना र हलुका सवारी चालक ६१ जना हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »