सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा काेराेना : संक्रमितको संख्या २ लाखनजिक,मृत्यु हुनुकाे संख्या ५ हजार ४ सय नाघ्याे

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे लहर तीव्र बन्दै गएपछि अहिले एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा आइतबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा काेराेना संक्रमित पुष्टि भएका छन् । आइतबार मात्रै त्यहाँ ८ हजार ७८२ नयाँ संक्रमित फेला परेकाे छ । शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे थियाे । आइतबार त्यहाँ २२३ जनाकाे मृत्यु भएकाे छ ।

याे सँगै भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ हजार ४ सय ८ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ९० हजार ६०९ पुगेकाे छ । काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै साताैँ नम्बरमा छ ।

संक्रमितमध्ये हाल ९१ हजार ८५२ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ९३ हजार ३ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »