सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन वर्ष सफल बनाउन हाम्राे ”भाषा, हाम्रै धुन” साँस्कृतिक कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

काठमाडाैँ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराइकाे प्रमुख आतित्थ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा हाम्राे भाषा, हाम्रै धुन साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमको समापन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली संस्कृति संरक्षण र सद्भाव अभिवृद्धिमा भुमिका खेलेको भन्दै खुसी व्यक्त गरे । २९८ औं पृथ्वी जयन्तीमा राष्ट्रिय एकता भावलाई अझ बलियो बनाउन यसखाले कार्यक्रम महत्वपूर्ण रहेको उनको धारणा छ ।

मन्त्री भट्टराईले मौलिक बाजाहरुको संरक्षणमा सरकार लागि पर्ने प्रतिवद्धता पनि जनाए ।

माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सम्मन्न भएको सो कार्यक्रममा नेपाली १६ वटा मौलिक धुनहरु प्रस्तुत गरिएका थिए । १७ जना सारङ्गी वादक तथा अन्य वाद्यवादक र कोरससमेत गरी करिब ४० जना कलाकारहरुले नेपालमा प्रचलित मौलिक धुनहरुलाई सारङ्गीमा रेटेर मञ्चमा प्रस्तुत गरेका थिए ।

‘नेपालमा करीव १४ सय लोक बाजा छन् भन्ने मैले सुनेको छु,७ सय जत्ति त संकलन भईसकेको जानकारी पनि पाएको छु,यसको खास अनुसन्धान हुन सकेको छैन,यसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लाग्नेमा विश्वस्त छु ।’ मन्त्री भट्टराईले भने–‘अब हामी यिनको संरक्षणका लागि संग्रहालय बनाउने सोचमा छौं । ’

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी गरिएको कार्यक्रमबाट देश तथा विदेशसम्म सकारात्मक सन्देश प्रवाह भएको मन्त्री भट्टराईको भनाई छ । यस्ता संस्कृतिक पाटो बलियो हुदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए ।

‘लोप हुन लागेका नेपाली बाजाहरुको संरक्षण र पुस्तान्तरणमा लागि परेका हौं ।’ आइतबार राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन) ले यत्ति भन्ने वित्तिकै गडगडाहट ताली गुञ्जियो ।

Artists perform during “Hamro Baja:Hamro Dhun” a Nepali Folk Music Instrument performance on the occassion of Prithivi Jayanti and National Unity Day at Academy Hall in the capital on Sunday. Janury 12 2020. PHOTO/SANJOG MANANDHAR

दर्जनौ लोक बाजाहरुको धुन प्रस्तुती हाम्रो बाजा : हाम्रै धुन सुन्न व्यग्र प्रतिक्षामा रहेका संयौ दर्शकहरुमाझ कुलपति रायनले छोटकरीमा यसरी कार्यक्रमको औचित्य प्रट्याएपछि कार्यक्रम सुरु भयो मंगल धुनमार्फत । राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रमको सन्दर्भ झल्किने राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय गीत ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ को धुन गुञ्जियो लगत्तै ।

करीव १ घण्टाभित्र सुरवाद्य सारङ्गी,बाँसुरी,मुर्चुङ्गा,तालवाद्य मादल,तवला,धिमे प्रधान बाजाहरुमार्फत पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका भाषाभाषी र समुदायको प्रतिनिधित्व गर्ने ११ धुनहरु प्रस्तुत गरिए ।

प्रतिष्ठानका संगीत विभाग प्रमुख,पाज्ञ अशोककुमार राईको संयोजनमा सारङ्गीतर्फ वादन नेतृत्व भरत नेपाली तथा ताल वादनमा भरत बुढाथोकी र नरेश महर्जनको टोलीले सोरठी धुन,असारे धुन,मैथिली धुन,कौडा धुन,सिंसाया हेकु,संगिनी धुन,पंचेबाजामा पूर्वेली धुन,ह्योल्मोमा टुङ्ना धुन,धिमाल,साकेला,म्हेन्दोमाया,थकाली र देउडा धुन पस्किएका हुन् ।

ह्योल्मो कलाकारहरुले भने गीतसहित टुङ्ना धुन र महिला समुहले नौमती बाजा प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुले विद्यार्थीदेखी,संगीत पारखी र विदेशी पर्यटकसम्म सहभागि भए ।

प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले नेपाली जीवनसँगै विकास भएका मौलिक संगीतको प्रवद्र्धनका लागि यो कार्यक्रम भएको स्पष्ट पार्नुभयो । उनले भने–‘संविधान दिवसको सन्दर्भमा गत असोजमा “सारङ्गीमा देश” पस्केका थियौं, नेपालमै पहिलो पटक यसरी मौलिक धुनहरु पस्केका थियौं,यो पटक अझ व्यवस्थित र वृहत गरेका हौं ।’

Artists perform during “Hamro Baja:Hamro Dhun” a Nepali Folk Music Instrument performance on the occassion of Prithivi Jayanti and National Unity Day at Academy Hall in the capital on Sunday. Janury 12 2020. PHOTO/SANJOG MANANDHAR

यसअघि प्रतिष्ठानको संगीत विभागकै संयोजनमा पोखरामा ‘गण्डकीका धुनहरु’ समेत सम्पन्न गरिसकेको कार्यक्रम संयोजक अशोककुमार राईले स्मरण गराए ।

कार्यक्रम समापन भएपछि मन्त्री भट्टाराइले विद्यालयका बालबालिका र कलाकारहरू सँग फाेटाे खिचेका थिए ।

Artists perform during “Hamro Baja:Hamro Dhun” a Nepali Folk Music Instrument performance on the occassion of Prithivi Jayanti and National Unity Day at Academy Hall in the capital on Sunday. Janury 12 2020. PHOTO/SANJOG MANANDHAR

भर्खरै

सम्बन्धित खबर

Language »