सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोना संक्रमित संख्या १९ लाख नाघ्यो,६ लाख ८८ हजारले कोरोना जिते

काठमाडाैँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या १९ लाख नाघेकाे छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बिहीबार बिहानसम्म कुल संक्रमित संख्या १९ लाख १ हजार ७८३ पुगेकाे छ । बुधबार एकै दिन मात्र त्यहाँ २० हजार ५७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

बुधबार एक दिनमा मात्रै अमेरिकामा ४२ हजार ६९६ संक्रमित निकाे भएकाे तथ्यांक वर्ल्डाेमिटर्सले देखाएकाे छ । यससँगै अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना पूर्ण रूपमा निकाे भइसकेका छन् । ११ लाख ३ हजारभन्दा बढीमा चाहिँ अझै काेराेना भाइरस सक्रिय रहेकाे छ, जसमध्ये १६ हजार ९३९ काे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

यद्यपि अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । पछिल्ला केही दिनयता दैनिक रूपमा नयाँ थपिने संक्रमितभन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढी देखिएकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ९ हजार १४२ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार मात्रै १ हजार ८३ जनाकाे मृत्यु भएकाे छ ।

उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकाे छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »