सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना जित्नेको संख्या ४६७, १ लाख ७० हजार ७३२ जना क्वारेन्टाइनमा

काठमाडौं । थप १०२ जना कोरोना भाइस संक्रमण (कोभिड-१९ ) जितेर डिस्चार्ज भएका छन्।।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका शुक्रबार १०२ जनाले कोरोना जितेर फर्किएको जानकारी दिए। योसहित कोरोना जित्नेको संख्या ४६७ पुगेको छ। जसमध्ये कोरोना जित्नेमा पुरुष ३९९ र महिला ६८ जना रहेका छन्।

धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। उनीरु १० औं दिनमा डिस्चार्ज भएका हुन्। यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार १०२ जनाले कोरोना जितेर फर्किएको जानकारी दिए।

हालसम्म पीसीआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

यस्तै शुक्रबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोग शालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।२०९ जना पुरुष र ४ जना महिला छन्।

भर्खरै

सम्बन्धित खबर

Language »