सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो। यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ।

मन्त्रालयका अनुसार स्याङ्जाका एक पुरुषको पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो। वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।

उनी मृगौला, उच्च रक्तचाप, सुगरलगायतका बिरामी रहेको बुझिएको छ।भारतको दिल्लीमा बस्दै आएका ती व्यक्ति सुनौलीसम्म विभिन्न सवारी साधानमा आएका र सुनौलीबाट गाडी रिजर्भ गरी आएका वालिङ आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमतीस‍ँगै आएको वालिङ नगरपालिकाले जनाएको छ ।

मृतक पुरूष स्याङ्जाको बालिङ नगरपालिका स्थायी ठेगाना रहेको र उनमा कोरोना संक्रमण भएको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतवार मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानको आइसोलेसनमा उपचारत रहेका थिए

भर्खरै

सम्बन्धित खबर

Language »