सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेद्वारा करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद


नेपालगन्ज , सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकले डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट २ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले आज डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट अवैध रुपमा भारतबाट ल्याउदै सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।


भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारततर्फ भागेको सहायक निरीक्षक भाटले भने-सशस्त्र प्रहरीले लकडाउनमा करिब १० लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ ।
बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »