सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित वासिन्दाहरुलाई सम्बाेधन गर्न छलफल

काठमाडाैँ । मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित क्षेत्र तथा वासिन्दाहरुलाई परिपुरण (लेबि) दिने सम्बन्धी नियमावली २०७७ मा शुक्रबार मेलम्ची याङ्री लार्के प्रभावित क्षेत्रका सरोकारवालाहरुले छलफल गरेका छन् ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ को अधिकार प्रयोग गरी काठमाण्डौ उपत्यका खानेपानी व्यबस्थापन वोर्डले मेलम्ची खोलाको पानी पथान्तरण गरी काठमाण्डौ उपत्यकामा ल्याँउदा त्यस क्षेत्रमा पर्ने आर्थिक सामाजिक तथा वातावरणीय प्रभावबाट स्थानिय वासिन्दालाई परेको असरका सम्बन्धमा एसियाली विकास बैंक र नेपाल सरकार बीच सन २००८ मा भएको सम्झौतामा परिपुरण दिने सर्त उल्लेख भए अनुरुप सो उद्देश्यका लागि यो नियमावली बनाई लागु गरिने भएको छ ।

मेलम्चीमा भएको छलफलमा सिन्धुपाल्चोक-२ का सांसद शेर बहादुर तामाङ प्रदेस सांसद निमा लामा, ईन्द्रमाया गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाँउपालिका अध्यक्ष टासी लामा, मेलम्ची,ईन्द्रावती ,हेलम्बु, याङ्री लार्के सरोकार समितिका प्रमुखहरु र राजनितिक दलका प्रतिनिधि र मेलम्ची खानेपानी समितीका उप कार्यकारी निर्देशक राम प्रसाद खरेल, मेलम्ची खानेपानी साईट ईन्चार्ज कमल राज श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो । छलफलमा नियमावलीमा रहेको विभिन्न बिषयमा सरोकारवालाहरुले आफ्नो धारणा राखेका छन ।

खानेपानी मन्त्रालयले सम्बन्धित क्षेत्रको सांसदका रुपमा शेर बहादुर तामाङलाई नियमावलिमा छलफल गरी सुझाव प्रस्तुत गर्न जिम्मा दिएको र आज संकलित सुझाब केहीदिनमा मन्त्रालयमा पेस गरिने सांसद तामाङले जानकारी दिनुभयो । त्यस पछि मन्त्रालयमा छलफल हुने र मन्त्री परिषदमा प्रस्ताव लैजाने र पास भएपछी लागु हुनेछ ।

छलफलमा सरोकारवालाहरुले मेलम्ची र याङ्री लार्केको पानी काठमाडौँ पथान्तरण गर्नु अगावै आयोजनाले रोयल्टी र प्रभावित क्षेत्रको विकास निर्माणको काममा सहयोग गर्नुपर्ने माग गरेका छ्न् । छलफलमा नियमावलीमा रहेका परिपुरण रकम निर्धारणका आधार र मापदण्ड रकम निर्धारण समिती निर्माण परिपुरण रकम हस्तान्तरण र खर्च सम्बन्धि कार्यविधी लगायत बिषयमा सरोकारवलाहरुले आ- आफ्नो धारणा राखेका थिए । सरोकारवालाहरुको सो भेलाले नेपाल सरकार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बिकास बोर्डले परिपुरण (लेबी) दिने उद्देश्यले ऐन बमोजिम नियमावली बनाई छलफल सुरु गरेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

काठमाडौँ उपत्यकालाई खानेपानी दिन पाउँदा आफुहरु हर्षले गदगद् भएको र छिटोभन्दा छिटो मेलम्ची पानी काठमाडौँ लैजान सफलता मिलोस् भन्ने आफ्नो भनाई रहेको सरोकारवालाहरुको भनाई रहेको छ । हेलम्बु र मेलम्ची लाई मात्र प्रभावित क्षेत्र तोकिएकोमा छलफलले पाँचपोखरी थाङ्पाल ,ईन्द्रावती गाँउपालिका र चौतारा साँगाचोकगढी नगरपालिकालाई पनि प्रभावित क्षेत्र तोक्न सुझाव दिएको छ । छलफलमा उप-कार्यकारी निर्देशक राम प्रसाद खरेलले मेलम्ची खानेपानीको मुहानबाट प्रती सेकेन्ड ४०० लिटर नघट्ने गरी जुनसुकै सिजनमा पनि खोलामा पानी छाडिने जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »