सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलिउडका महानायक अमिताभ र उनका सुपुत्र अभिषेक कोरोनाबाट संक्रमित

बलिवुडका महान कलाकार अमिताभ बच्चन कोरोनाबाट संक्रमित भए पछि उनका सुपुत्र अभिषेक बच्चन पनि कोरोनाबाट संक्रमित भएका छन् । उनलाई पनि जुलाई ११ शनिबारका दिन मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

उनका पिता अमिताभ बच्चन जस्तै उनलाई पनि कोभिड-१९ बाट भएको भन्दै उनले पनि सामाजिक संजालमा संक्रमित भएको सार्वजनिक गरेका छन् ।

अभिषेकले पनि सामाजिक संजालमा आज बिहानै मेरो पिता र मलाई कोभिड-१९ भएको पुष्टि भएको कुरा सार्वजनिक गरेका छन् । हामी दुवैलाई साधारण लक्षण भएकोले अस्पतालमा भर्ना भएको जनाएका छन् ।

उनले अगाडी लेखेका छन् ,हामीले सबै आवश्यक आधिकारिकहरूलाई सूचित गरिसकेका छौं । र ,हाम्रो परिवार र कर्मचारी सबै परीक्षण भइरहेको बताएका छन ।

म सबैलाई शान्त रहन र नडराउन अनुरोध गर्दछु भनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »