नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुकुमबहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार घुस रकम सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपिया घुस रकम सहित वलीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
वलीले निर्माण ब्यवसायीको लाईसेन्स बापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।