सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आँखाकाे नानी हुने मायालु जाेडीका लागि तामाङ म्युजिक भिडियाे ”एला मिला ङ्याल्माे”

काठमाडाैँ । बाैद्धमा माघ ७ गते मंगलबार साँझ नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरकाे प्रमुख आतित्थ्यतामा गायक लानम लामाकाे ”एला मिला ङ्याल्माे” म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । गीत सार्वजनिक गर्दै अध्यक्ष थाेकरले तामाङ समुदायकाे प्रमुख पर्व साेनम ल्हाेछारकाे शुभकामना दिनु भएकाे थियाे ।

कार्यक्रममा नेपाल तामाङ युवा घेदुङका अध्यक्ष विलम माेक्तान, बाैद्धका वडा अध्यक्ष दिपेन्द्र लामा, नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, नेपाल तामाङ राष्ट्रिय घेदुङका खेलकुद विभागका अध्यक्ष डिन घिसिङ अतिथिका रूपमा रहेका थिए ।

प्रमुख अतिथि थाेकरले तामाङ समुदायकाे कुनै पनि संघ सस्था फुटेर भन्दा पनि जुटेर अधिकार लिनु पर्ने बताउनु भएकाे थियाे भने एकले अर्काेकाे अस्तित्व स्वीकार गर्न नसकेकाे कारणले नै नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङ बिच एकता हुन नसकेकाे दाबी गर्नु भएकाे थियाे । उहाँले म्युजिक भिडियाेकाे सफलताकाे शुभकामना दिदै ल्हाेछारमा तामाङ समुदायले आफ्नाे पन देखाएर मनाउन सबैलाई आग्रह गर्नुभएकाे छ ।

याे हप्तामा तामाङ समुदायमा तीन वटा म्युजिक भिडियाे सार्वजनिक भएका छन् । गायक लानम लामाकाे एला मिला ङ्याल्माे, विरे लामाकाे फिल फिल जामा र नायिका राेश्नी लामा ब्लाेन द्वारा अभिनित मुग्लान रहेकाे छ ।

गायक लानम लामाकाे ”एला मिला ङ्याल्माे दाेसी टिला” लभ सङ्ग साँच्चिकै युगल जाेडीका लागि सन्देश मुलक हुने देखिएकाे छ । हुन त ”फिल फिल जामा” ले यत्तिबेला सामाजिक संजालमा आफ्नाे हलीमली जमाइ सकेकाे छ ता पनि छायाँङ्कनाकाे दृष्टिले हेर्ने हाे भने ”एला मिला ङ्याल्माे दाेसी टिला”काे राम्राे छ ।

ईलामकाे चियाबारीमा ५ दिन लगाएर निर्माण गरेकाे याे म्युजिक भिडियाे साँच्चिकै युगल जाेडिकाे मन जित्ने छन् ।

माेडल हिरालाल लामाले प्रिय माेडल शुष्मा माेक्तानलाई फकाउन धेरै प्रयास गरेका छन् । हिरालालले शुष्मालाई आफ्नाे बनाउन सक्छ या सक्दैन तर म्युजिक भिडियाेमाआफ्नाे बनाउने प्रयास सफल भएकाे देखिन्छ । शुष्माले पछिल्लाे समयमा म्युजिक भिडियाेमा एक पछि अर्काे गर्दै प्रभाब जमाउँदै आइरहेकी छिन् ।
भिडियाे लिङ्कः

भर्खरै

सम्बन्धित खबर

Language »