सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिरोले बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

काठमाडौं / १२ साउन ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

भारी वर्षापछि पाल्पाको झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा आइतबाराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उक्त क्षेत्रमा पानी परिरहेकाले पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »