सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित बढेपछि आजबाट महोत्तरीमा निषेधाज्ञा

जलेश्वर । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा आजबाट निषेधाज्ञा लागू हुने भएको छ ।

बिहीबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

ज्वरोको लक्षण भएका बिरामीहरु धमाधम फेला पर्न थालेपछि कोरोनाको आशंकामा उक्त वडामा पनि निषेधाज्ञा गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

निषेधाज्ञा लागू गरिने क्षेत्रभित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »