सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छा-या नेपाल र गोकर्णेश्वर न.पा. को सहयोगमा विद्यालय भवन निर्माण

काठमाडौं । श्री तारेभीर आधारभूत विद्यालय गोकर्णेश्वर काठमाण्डौमा गोकर्णेश्वर नगरपालिका तारेभीर र छाया नेपाल संस्थाको आर्थिक सहयोगमा बनेको नौ कोठे विद्यालय भवन न. पा. का प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा र प्रमुख प्राशासकिय अधिकृत नर हरि घिमिरे, वडा नं. ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारी, छाया नेपालका एजुकेटिभ डाइरेक्टर कमल थापा र शिक्षा शाखा प्रमुख विजय आचार्यको आतिथ्यमा शिलान्यास तथा भवन हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ ।

“आधुनिक शिक्षा पद्धतिलाई सञ्चालन गर्न यस नयाँ भवनले तारेभीरका बालबालिकाका लागि थप राहत मिल्ने र गोकर्णेश्वर न. पा. ले यसका लागि थप आवश्यक सहयोग गर्ने” कार्यक्रमका प्रमुख अतिथि तथा न. पा. प्रमुख सन्तोष चालिसेले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथी प्रमुख प्राशासकिय अधिकृत नर हरि घिमिरेले, आर्थिक रूपमा प्रशस्त संभावना भएको तारेभीर न. पा.का विद्यार्थीलाई कृषिकै आधारमा पढाउनु पर्ने कार्यक्रममा बताउनु भयो ।

धेरै संघ संस्थाले करिब पाँच वर्षसम्म आश्वासन दिएको तर छाया नेपालले यस नौ कोठे पक्की भवन बनाइदिएकोमा कार्यक्रमका सभापति लक्ष्मण लामा गोलेले धन्यवाद व्यक्त गर्नुभयो ।

करिब ८२ लाख ५५ हजार २ सय नौ ९९ पैसा बराबरको सहयोगमा बनेको यस सुविधा सम्पन्न भवनले बालबालिकालाई आधुनिक शिक्षा आर्जन गर्न र आगामी दिनमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन टेवा पुग्नेछ ।

हाल यस विद्यालयमा करिब ७५ विधार्थी अध्ययरत रहेको र शिक्षक ५ जना कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक शिवहरी भण्डारीले बताउनुभयो ।

छाया नेपाल र गोकर्णेश्वर न. पा. ले शिक्षाको क्षेत्रमा देखाएको यस किसिमको उदारता साँच्चै नै उदाहरणीय र प्रशंसायोग्य छ ।

भर्खरै

सम्बन्धित खबर

Language »