सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे भकुण्डेवेसीमा ‘दोस्रो नमोबुद्ध महोत्सव–२०७६’ शुरू

काठमाडाैँ । काभ्रे जिल्लाको भकुण्डेवेसीमा ‘दोस्रो नमोबुद्ध महोत्सव–२०७६’ को भव्य रुपमा उद्घाटन भएको छ । महोत्सवको आज (बिहिबार) एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले गरेका हुन् ।

नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवको पहिलो दिन आज (विहिबार) नगर परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेका थिए । र्यालीमा सांसद तामाङ, संघका अध्यक्ष बसुनारायण श्रेष्ठ लगायत नमोबुद्ध नगरका जनप्रतिनिधिहरु, उद्योग व्यवसायीहरु, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको सहभागीता रहेका थिए ।

महोत्सव पर्यटन वर्ष २०२० र तामाङ समुदायका साँस्कृतिक पर्व सोनाम ल्होछारलाई लक्षित गरि आयोजना गरिएको यस ममहोत्सवले पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिउको हो ।

स्थानीय धर्म, सँस्कृति, रीतिरिवाज, कलासँस्कृति एवं उत्पादित बस्तुहरुको प्रचार प्रसार एवं जगेर्ना गर्ने र स्थानीय व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए /

महोत्सवको पहिलो दिन भएकोले स्टलहरु भर्ने क्रम जारी रहेको छ । महोत्सव मेलामा १ सय विभिन्न स्टलहरु रहनेछन् । स्टलहरुमा लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टलहरु स्वास्थ्य शिविरका स्टलहरु, खेलकुदका सामग्रीहरु, दैनिक आवश्यकीय सामग्रीहरु उपलब्ध गराइने छ । यस्तै मनोरञ्जनका खेलहरु पनि समावेश हुनेछन् । खेलमा रोटे पिङ, नाउ, काररेस, ब्रेक डान्स, ड्राइगन, मिकीमाउस, विभिन्न जादु लगायतका वालमोरञ्जनका सामग्रीहरु यस मेलमा समावेश गरेको छ ।

महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट दैनिक रुपमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।

आयोजकले करिब १ लाख ५० हजार जनाले महोत्सव अवलोकन गर्ने लक्ष्या राखेको छ । महोत्सवमा काभ्रे, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट सहभागीता हुने अपेक्षा राखेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »