सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई काभ्रे प्रहरीले पक्राउ

काभ्रे। कर्तव्य ज्यान मुद्दामा संलग्न दुई जना फरार रहेका प्रतिवादीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो । जिल्लाको धुलिखेल नगरपालिका –११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका हुन ।

बिहिबार पाँचखाल नगरपालिका १० स्थित बिपी राजमार्गको भित्री सडकमा तामाङको शव फेला परेको थियो । नचिनिने अवस्थामा टाउको अनुहार तथा शरीरका विभिन्न भागमा चोट पटक भएको अवस्थामा उनको शव फेला परेका थिए । घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख समेतको अनुसन्धान टोलीले धुलिखेल नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रुपेन्द्रमान लामालाई बिहिबार हत्यापश्चात लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबि पौडेलका अनुसार प्रहरीको अनुसन्धान समूहले बिहीबार साँझ नै दुवैलाई पक्राउ गरेको थियो । लामा काभ्रे र मैनाली ललितपुर ढुंगेसाँघुबाट पक्राउ परेका थिए। उनका अनुसार घटनालगत्तै कुकुरसहितको फरेन्सिक टोली उनीहरूको खोजीमा हिँडेको थियो ।

मैनालीले आफ्नो पेटीले तामाङको घाँटी बाँधेर केही परसम्म घिसारेका थिए। त्यसपछि दुबै जनाले ढुङ्गाले अनुहार टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुवैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »