काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य रू.१ लाख नाघेको छ ।
पछिल्लो समय लगातार सुनको मूल्य बढेकोमा बुधवार भने एकैदिन रू.१ हजार ६०० ले बढेर नयाँ उचाई कायम भएको छ ।
नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू.१ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजाबी सुन भने प्रतितोला रू.१ लाख ९०० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा रू.६५ बढेर प्रतितोला रू.१ हजार २९५ मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३० डलरमा पुगेको छ । यो मूल्य पनि अन्तरराष्ट्रिय बजारमा हालसम्मकै उच्च विन्दु हो।