नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल सोमबार एकान्तवास केन्द्रबाट डिस्चार्ज हुनुभएको छ ।

१४ दिन खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको एकान्तवास केन्द्रमा रहनुभएका रिजाललाई सोमबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खडका, नेकपा नेता सतिश निरौला लगायतले कोरोना जितेको बधाईज्ञापन गर्दै शुभकामना दिनुभयो ।

रिजाल सहित बाँकेका ११ जना निको भई सोमबार घर फिर्ता हुनुभएको छ ।








