नेपालगन्ज, आगामी शनिवार नेपालगन्जमा चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, सेल्फ डिफेन्स, एजुकेशनल लिडरसिप एण्ड रेफ्री सेमिनार हुने भएको छ ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघकोको संयोजन र नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेको आयोजनामा नेपालगन्ज रंगशालाको कर्भड हलमा कार्यक्रम हुने भएको हो ।
संघले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी सेमिनारबारे जानकारी दिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कालि प्रसाद घर्तीका अनुसार, हाप्किडो एउटा कोरियन मार्शल आर्ट्स खेल विधा हो ।
आत्मरक्षाका लागि उपयुक्ता यो खेल विश्वका धेरै देशहरुमा खेल्ने गरिन्छ। नेपालमा पनि सन १०१६ मा राष्ट्रिय खेलकुद परिषदमा खेल संघको रुपमा दर्ता भएपछि संघले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
नेपालगन्जमा आयोजना गरिएको सेमिनार तीनदिनको हुने छ । मास्टर कालीबहादुर घर्तिमगर, प्रमुख प्रशिक्षकहरु सुस्मिता गुरुंग, सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर, कृष्ण मर्हजन र प्रविण गुरुंगले प्रशिक्षण दिने सेमिनारमा ४५ जिल्लाका सहभागी आउने छन् ।
सेमिनारको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेका अध्यक्ष बुद्धिराज बर्तोला, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेका बरिष्ठ सल्लाहकार शालिक राम नगबाग,बरिष्ठ गायक तथा सञ्चारकर्मी कमल विके निर्मोही , नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेका बरिस्ठ उपाध्यक्ष अतुल गुप्तालगायतको सहभागीता रहेको थियोे ।