नेपालगञ्ज, भारतबाट अवैधरुपमा भित्र्याएका ६ वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको छ । भारतको बाबागंजबाट नेपालगञ्ज भित्र्याइएका ती राँगा नेपालगन्ज २१ विर्ताबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले बताए ।
त्यहाँबाट सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरुले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिंगमा भित्रिएका ती अवैध राँगा वडा प्रहरी कार्यालयका इन्चार्ज खड्काको टोलीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका राँगाको मूल्य १ लाख २० हजार बराबर रहेको इन्चार्ज खड्काले बताए । उक्त राँगा थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।