नेपालगंज,नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र १ प्याकेट सोयाबीन सहयोग स्वरूप बाँडिएकाे समाजले जनाएकाे छ ।
नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनु भयो ।

नेपालगंज मुस्लिम समाज बाँकेकाका सचीव मेराज अहमद हिमालयले भन्नू हुन्छ यो ईस्लाम धर्मको पवित्र महिना रमजान चल्दैछ र कोरोना कहरका कारण कामकाज गर्न नपाएको नागरिकहरुको घरमा समस्या हुन सक्ने भएकोले खाद्यान्न सहयोग गरि समाज सेवा गरेको छौँ ।

पहिलो चरणमा नेपालगंजका २०० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना ) ले जानकारी दिए ।








