सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहलपुर आइसोलेशन केन्द्रलाई सरसफाई सामग्री हस्तान्तरण

प्रहलाद विश्वकर्मा

नेपालगंज,कोहलपुर नगरपालिकाद्धारा संचालित आइसोलेशन केन्द्रका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य तथा सरसफाई सामग्री बुधवार हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र जिल्ला कार्यसमिति सदस्य एवं कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलले संयुक्तरुपमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

May be an image of standing and outdoors
May be an image of outdoors

नेरेसो र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्धारा करिब ९८ हजार बराबरको एक्वावाटर प्लान्ट मेसिन, डाटबीन, स्वाचलित सेनिटाइजर मेसिन, पानी टंकी, साबुन लगायत १५ किसिमको सरसफाई सामग्री रहेको छ ।

May be an image of 1 person, standing and text that says 'नेपाल रेडक्रस सोसाइटी बॉँके जिल्ला शाखा कोमिड-१ पूर्वतयारी तथा प्रतिकार्य कार्य. इंसुलेशन व्यवस्थापन सामग्री हस् Samsung Dual Camera Dolakh Dangi'

कार्यक्रममा नेरेसो बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगी, लेखा अधिकृत झवीलाल शर्मा र उपशाखाका पदाधिकारी, कर्मचारी तथा अइसोेलेशनका फोकल पर्सन लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »