सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबैध क्रसर संचालक उज्जलकाे दादागीरी, प्रशासन माैन, स्थानीयलाई सास्ती

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका र तेमाल गाउँपालिकामा मापदण्ड विपरीत संचालनमा रहेका क्रसरहरुको कारणले बस्तीहरु जोखीममा परेका छन् । तेमाल गाउँपालिका वडा नं. १ मा संचालनमा रहेको ह्रेन्जेन दोर्जे क्रसरको कारणले वडा नं. १ खानी गाउँ सिन्धुपाल्चोकको मेलम्ची आसपासमा गएको पहिरोको जस्तै घटना व्यहोर्नु पर्ने खतरा बढ्दै गएको छ । यो विषम परिस्थितिमा संबन्धीत निकायका जनप्रतिनिधि , सुरक्षानिकायलाई खबरदारी गरिरहदा पनि अहिलेसम्म मौन बसिरहेका छन् ।

२०७६ सालमा जिल्ला समन्वयन समितिका अध्यक्ष उद्धव केसी लगाएत १४ वडा निकायले अनुगमन गर्दा ह्रेन्जेन दोर्र्जे क्रसरले मापदण्ड पुरा नगरे सम्म यो क्रसर अबैद भएको हुनाले कार्बाहीको लागि खबरदारी गर्दा पनि सम्पुर्ण निकायहरु तै चुप मै चुप भएर बसिरहेको छ । यसरी तै चुप मै चुप भएर बसी रहनु को कारण के होला ? कि कतै ह्रेन्जेन दोर्जे क्रसरको संचालकहरुको प्रलोभनमा परेर यस्तै हो संसार भन्दै मुखमा बुजो हालेर बसेको त छैन ? कतै स्थानीय सत्ता टिकाउनको लागि र प्रतिपक्षलाई सताउनका लागि तै चुप मै चुप बसिरहेको त हैन रु बोहरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै संचालन भएको सडक खण्डको मुल मार्गलाई नै आफु खुशी क्रसर संचालकले परिवर्तन गरिरहदा पनि सडक डिभिजनका कर्मचारीहरु तमासा हेरिहेका छन् ।

वडा अध्यक्ष मान बहादुर श्रेष्ट मौन बसिरहेको कारण के होला पानीको मुहान सुक्ने सम्भावना हुदा पनि नेता इन्द्र तामाङ, नेकपा (एमाले) का नेता नारायण पण्डे, संघीय साँसद गंगा बहादुर दोङ, प्रदेश सांसद रत्न ढकाल, लागएतका नेतृत्व पंत्तिमा बसेका व्यक्तित्वहरु अझै किन चुपचाप रु

सिन्धुपाल्चोकमा घटेको घट्ना जस्तै देख्न चाहेका हुन् त तेमालका यी मान्यजनहरुले ? अब हाम्रो प्रश्न तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङलाई पनि ? के तपाईँ पालिकाको अध्यक्षको पदमा रहेर पनि समाजमा हुन सक्ने सम्भावित घटनाकोबारेमा मुल्याङ्कन गर्न चाहनु हुन्न र र? उपाध्यक्ष दुर्गा माया तामाङ, प्रशासकिय अधिकृत लक्ष्मण लम्साल सहितको टोलीले गरेको अनुगमन किन सार्वाजनिक गर्न चहानु हुन्न र?

अझ अर्को कुरा हामा्रे समुदायमा रहेको सामुदायिक बनजङगल र खानेपानिको मुहानसँगै संचालनमा रहेको यो क्रसरको बारेमा तेमाल गाउँपालिका बोल्न नसक्नुको कारण के होला ?

अशाढ १ गते ह्रेन्जेन दोर्जे क्रसरको कारणले सडक मार्ग अवरुद्घ भएको भिडियो सारा खबरले सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भए लगतै क्रसर संचालकहरुले पत्रकारहरुलाई विभिन्न धम्की दिएर तर्साउने कार्य गरिएको थियो । तर पनि हामि पत्रकारले धम्की सँग नडराई बास्तबिक कुरालाई बाहिर ल्याएरै छाडेका छौ । ह्रेन्जेन दोर्जे क्रसरले यति सम्म बदमास गरेको पायौँ । जँहा दर्ता भयको क्रसर त्यो स्थानमा संचालन नगरी सार्वाजनिक स्थानमा संचालन गरेको जिल्ला समन्वयन समिति लगाएत १४ वडा समितिले सार्वाजनिक गरेको प्रतिवेदनमा उल्लेखित गरेको छ । त्यसैमा हामीले प्रश्न उठाएपछि हाल दर्ता भएको स्थानमा क्रसर संचालन गरेको नाटक रचिरहेका छन् क्रसर संचालकहरुले ?

संवाभित दुघटनाबाट बचाउनका लागि पत्रकार मिलन लामा दोङ र उज्यालो नेटवर्कका पत्रकार अनिश तामाङ ले क्रसर संचालकहरुको बदमासीको बारेमा प्रमाण जुटाएर आवाज उठाई रहदा पनि जिम्मेवरी पदमा बसेका व्यक्तिहरु चाहि किन कानमा तेल हालेर बसेका होलान् ।

मापदण्ड विपरीत संचालनमा रहेका क्रसरले केही स्थानीयहरुलाई आर्थिक प्रलोभवनमा पारेर यस्ता अवैध कामहरु गर्न उस्काइरहेका छन् । नेपाल सरकारको कानुन विरुद्ध भएको हुनाले विकासको नाममा विनाश गर्नेहरुलाई हदै सम्मको कार्वाही हुनुपर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »