काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।वैशाख २१ गतेदेखि खुलाइएको आईपीओ कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको थियो अब भने कम्पनीले साउन ३२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।डिजिटल भुक्तानी सेवाप्रदायक ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने सुविधा छ ।आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो ।लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने








