सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महानायक विवादमा विवादित सलोन बस्नेतले माफी मागे

‘महानायक’ को विषयमा केही दिन अगाडि आफूले दिएको अभिव्यक्तिको विषयमा अभिनेता सलोन बस्नेतले माफी मागेका छन् । उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् ।
उनले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायक’ को परिभाषा के हो ? भन्ने प्रश्न उठाएका थिए । उक्त अभिव्यक्ति पछि सामाजिक सञ्जालमा बस्नेतमाथि गालीको वर्षा हुन थालेको थियो । यहीबीच उनले अहिले माफी आएर मागेका हुन् ।
केही दिन अगाडि निर्देशक शोभित बस्नेतले पनि ‘महानायक’ बिषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म ‘डाँडाको वरपीपल’ बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने बाचा नै गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »