सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पुस २२ गतेदेखि प्रदेशस्तरीय प्रदर्शनी हुँदै

नेपालगन्ज, आगामी पुस १२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने भएको हो ।

महिला उद्यमी संघ बाँकेले बिहीबार नेपालगन्जमा रहेको कोसेली घरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदर्शनीको बारेमा जानकारी गराएको छ । कार्यक्रममा बोल्दै महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी पाटी प्यालेसमा कार्यक्रम आयोजना हुने बताइन् ।

शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहेने बताइन् । उनले प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने बताइन् । ‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले बताइन् ।

त्यस्तै कार्यक्रमा महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताइन् । उनले भनिन्, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’ अध्यक्ष रस्तोगीले प्रदर्शनीमा मुख्य उद्देश्य बजारीकरण रहेको भएता पनि व्यापारलाई पनि जोड दिने बताइने ।

उनले प्रदर्शनीमा ल्याइएका समानहरु कोसेली घरले नै राखेर बिक्री गर्दिने बताइन् । प्रदर्शनी कार्यक्रमका लागि चार लाख बजेट आएको महिला उद्यमी संघ नेपाल, बाँकेकी महासचिव सुनिता पाण्डेले बताइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »