नेपालगन्ज ,‘समृद्ध बाँकेका आधार’ बारे सरोकारवालाबीच बृहत छलफल गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको ५४ स्थापना दिवसको अवसरमा आयोजित कार्यशालामा सम्वद्ध सरोकारवालाबीच बृहत रुपमा छलफल भएको हो ।




संघले आयोजना गरेको उक्त कार्यशालामा समृद्ध बाँकेका आधार विषयक प्रस्तुत आधारपत्रमाथी समुहगत रुपमा छलफल भएको थियो । कार्यक्रममा उद्योगी, ब्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी, साहित्यकार, शिक्षा क्षेत्रका अगुवा लगायतले बृहत छलफल गरी समृद्ध बाँकेका आधार तयार गरेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उप(प्राध्यापकद्धय डा। राजेशकेशर खनाल र कोशराज रेग्मी तथा अन्नपुर्ण पोष्टका उप-सम्पादक शंकर खनालले प्रस्तुत गरेको आधारपत्रमा केन्द्रित रहेर छलफल गरिएको थियो । उक्त कार्यक्रम दुई वटा शत्रमा सञ्चालन गरिएको थियो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सभापतित्वमा सम्पन्न पहिलो शत्रमा संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, नेपालगन्ज औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्ण पुन, कृषि ज्ञान केन्द्रका अधिकृत सकिल अहमद, संघका वरिष्ठ उपाध्यक्ष आदेशकुमार अग्रवाल लगायतले ुसमृद्ध बाँकेका आधारु बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको पहिलो शत्रको सञ्चालन संघका महासचिव चिरञ्जीवी ओलीले गरेका थिए, भने दोस्रो शत्रमा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य झलक गैरेले सञ्चालन गरेका थिए ।








