सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुराको एफगाउँमा विदेशमा सिकेको ज्ञानले घरमै रोजगारी

नेपालगञ्ज, घरमा परिवारका सदस्यसँग बसेर आर्थिक उपार्जन हुन थालेपछि बाँकेको खजुरा गाउँपालिका ४ एफगाउँका किसान तिलवहादुर श्रीष मगरले फेरी वैदेशिक रोजगारीमा जाने सोच नै त्याग्नुभएको छ । मलेसियामा बिताएका १० वर्ष मध्ये उहाँले ६ बर्ष भन्दा बढि समय ड्रागन फर्ममा बिताउनुभयो । फर्कदा २०७३ सालमा एउटा ड्रागन फलको विरुवा साथमा लिएर आउनुभयो । त्यसलाई बारीमा रोप्नुभयो ।


उहाँ फेरी मलेसिया काममा जानु भयो । त्यसपछि मलेसियाबाट फर्केपछि दुईवर्षदेखि उहाँ फेरी विदेश नजाने गरि ड्रागन फल उत्पादनमा लाग्नुभएको छ । अहिले उहाँले करिब एक विघा जग्गामा ड्रागनको खेती गर्नुभएको छ । जसमध्ये १४ कठ्ठा जग्गा भाडामा लिनुभएको छ ।

पछिल्लो दुईवर्षदेखि मगरको दैनिकी नै ड्रागनफर्ममा बित्ने गरेको छ । एउटा विरुवाबाट सुरु गर्नुभएकोमा अहिले सातसय पोलमा दुई हजार ८०० विरुवा फल दिनेक्रममा रहेका छन् । ड्रागनले क्रमशः फल उत्पादन सुरु गरेपछि विक्रि वितरण पनि सुरु गर्नुभएको छ ।

विदेशमा कमाउने पैशा घरमा परिवारका सदस्यसँग बसेर कमाउन सकिन्छ भने किन विदेशमा काम गर्न जाने ?, मगरले भन्नुभयो,– मैले अब फेरी विदेन जाने सोच नै त्यागीसकेको छु । खाडी मुलुक मलेसियामा १० वर्ष श्रम गर्नुभएका मगरलाई त्यहाँको सीपले गाउँमा पनि रोजगारी दिन सफल भएको हो ।


उहाँको फर्ममा एउटा पोलमा चारवटा विरुवा रोपिएको छ । एउटा पोलबाट एक सिजनमा पहिलो वर्षमा १–२ किलो उत्पादन हुने गरेकोमा बढेर चौथो वर्षसम्म पुग्दा २०–२० किलो सम्म हुने मगरले बताउनुभयो । विद्यतुको पोल नढलेसम्म करिब २५–३० वर्षसम्म यसको उत्पादन राम्रो हुने उहाँको भनाई छ ।

गर्मी र आकाशे पानी बढि हुने भएकाले बाँके लगायत तराईका जिल्लामा यसको राम्रो उत्पादन हुने मगरले बताउनुभयो । दुईवर्षपछि बार्षिक २० लाख भन्दा बढिको आम्दानी हुने उहाँको भनाई छ । मगरले फलसँगै विरुवा समेत उत्पादन गरी विक्रि वितरण गर्दै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »