सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको खजुरा खानेपानीमा दुई गठबन्धनको प्रतिष्पर्धा

खजुरा , बाँकेको खजुरामा रहेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि आज बुधबार उम्मेदवारी दर्ता भएको छ । एमाले र राप्रपाको गठबन्धनले एमाले नेता सतिश निरौलाको नेतृत्वमा टिम बनाएको छ ।

सो गठबन्धनबाट अध्यक्षमा निरौला,उपाध्यक्षमा मोहन खड्का, सचिवमा मिरा खनाल सापकोटा, कोषाध्यक्षमा चन्द्रप्रकाश खड्का, महिला सदस्यमा पम्फा तिवारी र सदस्यहरुमा किरणबहादुर क्षेत्री भक्त गोदार, सुनिता कँडेल, सुधिर शुक्ला, द्रोर्णबहादुर काफले र घनश्याम अधिकारी उम्मेदवार रहनुभएको छ ।

यसैगरी ५ दलीय गठबन्धनको तर्फबाट अध्यक्षमा नोकवहादुर गोदार, उपाध्यक्षमा श्रवणधिर खड्का, सचिवमा मदन सुनार, कोषाध्यक्षमा गिता सापकोटा, महिला सदस्यमा नन्दकली खरेल र सदस्यहरुमा प्रेमबहादुर बुढाथोकी, गोपाल थापाखेमलाल उपाध्याय, लक्ष्मण कार्की, तेजेन्द्रकुमार विक र आशा कुमारी क्षेत्री रहनुभएको छ ।


एमाले नेता निरौलाले गठबन्धनलाई पराजित गर्दै आफुहरु विजयी हुने सुनिश्चित रहेको बताउनुभयो । उहाँले खजुरा खानेपानीमा योग्य नेतृत्व उपभोक्ताको रोजाईमा पर्दै आएको भन्दै आफुसँग खजुरा खानेपानीको सुधारका लागि प्रष्ट योजना रहेको बताउनुभयो ।

उम्मेदवारी दर्तामा राजनीतिक दलका नेताहरुको पनि सहभागिता थियो । खजुरा खानेपानीमा आठसय बढि सदस्य उपभोक्ता रहेका छन् । खानेपानीका लागि यहि २९ गते मतदान हुने निर्वाचन समितिका संयोजक मित्रलाल सापकोटाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »