नेपालगन्ज, राष्ट्रिय युवा सँघ नेपाल,बाँके नेपालगज उपमहननगर पालिका वडा न. ६ को आयोजना मा अाज जनता सेवा हास्पिटल प्रा. लि. र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल वडा न. ६ का अध्यक्ष जितेन्द्र भारथीका अनुसार आज सम्मकै पहिलो रक्तदान कार्यक्रम हो । हाम्रो वडामा ।धेरै बिरामिहरु जो कि रगतको अभावले भौतारिनु पर्छ र मृत्यु हुनेसम्मको हामिले हेरेका छौं ।


आज हाम्रो एउटा सानो सहयोगले पक्कैपनि केहिको ठूलो मद्दत पुग्नेछ । हास्पिटलका कन्सलटेन्ट फिजिसियन डा. बिपिन आचार्यका अनुसार हामिले सन्चालन गरिएको हास्पिटलमा रक्तदान गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।

मान्छेको जीवन रक्षाका लागि हामी सम्पुर्ण स्वास्थ्यकर्मि लाग्नु हाम्रो कर्तव्य हो र आज यसै सन्दर्भबिच आफ्नो सेवा दिन पाउँदा खुशी महसुस भएको छ । नेकपा एमालेका नेपालगन्ज उपमहानगरपालिका ६ का वडाअध्यक्षमा विक्रान्त श्रीवास्तवले बताउनुभयो ।








