सिन्धुपाल्चोक । आसन्न स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सबै राजनैतिक दलहरुले आ–आफ्नो सकृयता बढाउँदै उम्मेदवारहरुको टुङ्गो लगाउन थालेका छन् ।
सरकारमा रहेका दलहरुले गठबन्धनको लागि प्रयास गरीरहँदा प्रतिपक्षमा रहेको एमालेले भने आफ्नो तर्फबाट उम्ेदवार घोषणा गर्न थालेको छ ।
सिन्धुपाल्चोकको १२ वटा स्थानिय तह तथा १०३ वटा वडा मध्य बलेफी ६ मा एमालेका सकृय स्थानिय नेता तेज बहादुर पराजुलीको नाम सर्वसहमतबाट सिफरीस भएको छ ।
गत स्थानिय निर्वाचनमा झिनो मतले पराजय भएका पराजुली को यो उम्मेद्वारी ले अन्य दलहरुलाई चुनौति थपिएको छ ।
सामाजिक काममा समेत सकृय पराजुली लामो समय देखि नेकपा एमाले मा रहेर राजनिति गरीरहेका छन् ।
आम वडाबासीहरुको चाहाना बमोजिम नै आफ्नो उम्मेद्वारी रहेको पराजुलीले बताउनु भएको छ ।

सिन्धुपाल्चोक बलेफी ६को वडा अध्यक्षमा मा एमालेबाट तेज बहादुर पराजुलीको उम्मेद्वारी पक्का








