सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवामा जसपाले ठुलो अन्तरले चुनाव जित्छ–पुर्व मन्त्री मोहम्मद ईश्तियाक राई

रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति गठन

नेपालगन्ज, पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले यस पटक जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी हुने थुप्रै आधारहरु तयार भएको बताउनु भएको छ । उहाँले आफु शहरी विकास मन्त्री भएपछि संसदीय क्षेत्रका लागि गरेको विकास निर्माणनै जनतासंग मत माग्ने ठुलो आधार रहेको बताउनुभयो ।


डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले मन्त्री र सांसद दुबै हैसियतले डुडुवा क्षेत्रको धेरै विकासका कामहरु गराएकोले ती विकासका नामबाटनै जनतासंग मत माग्न उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । यसका साथै उहाँले डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवारलाई बिजयी गराएमा भुमिहीन र ऐलानी जग्गामा घर बनाएकालाई लालपुर्जा वितरण गरिने, फुसका घरलाई टीन वितरण गरिने, सडकहरु कालोपत्रे गरिने, शिक्षा र स्वास्थ्यका लागि विशेष योजना सञ्चालन गरिनुका साथै रोजगारी सृजना गर्न थुप्रै उद्योग कलकारखाना लगाउने वातावरण बनाउने समेत प्रतिवद्धता जनाउनुभयो ।


यस पटकको निर्वाचन गत २०७४ सालको जस्तो निर्वाचन नभएको जिकिर गर्दै उहाँले यस पटक चार वर्षको पुर्ण तयारीका साथ निर्वाचनमा होमिएको र डुडुवामा काँग्रेस, माओवादी, राप्रपा र एमालेबाट विगतका अधिकांश प्रतिष्पर्धीहरु जसपामा प्रवेश गरिसकेकोले ठुलो अन्तरले जित हुने दावी गर्नुभयो ।


उहाँले आफुले दिएका धेरै विकासका योजना गाउँपालिकाले लागु नगराएको जनाउँदै यस क्षेत्रका जनतालाई विकासबाट बन्चित गर्ने काम गरेकोले यस पटक जनताले निर्वाचनमा उनिहरुलाई पराजित गर्ने ठोकुवा गर्नुभयो ।
आफुले सांसदमा विजयी भएपछि गरेका सबै प्रतिवद्धता पुरा गरेको तर महिला डिग्री कलेज स्थापना गर्ने एउटा प्रतिबद्धता नेपालगञ्जका मेयर धवल शमसेरले जग्गा उपलब्ध नगराउँदा पुरा गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । मधेश आन्दोलन र जनता समाजवादी पार्टीकै कारण आज मधेशी, मुस्लिम, दलित, पिछिडिएका वर्गले शानका साथ आफ्नो पहिचान देखाउन सफल भएको पुर्व मन्त्री राईले बताउनुभयो ।
पुर्व मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रीय सदस्य हिक्मत बि क, जिल्ला अध्यक्ष कमरुद्दीन राई, राष्ट्रीय भुमि आयोगका अध्यक्ष श्रवण यादव, डुडुवा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव लगायतले पनि यस पटक बाँकेमा जसपाले ईतिहास कायम गर्ने अवस्था बनेको बताएका थिए ।

रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति गठन
समाजवादी युवा संघ डुडुवा गाउंपालिकाको बुधवारको भेलाले रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रिजवान खान, प्रज्वल चौधरी, शुरेश यादव, सचिवमा सईद खां, बिशुन्नाथ मौर्या, सह सचिवमा रोजत अलि र कोषाध्यक्षमा मेराज खां रहेका छन । सो समितिले
गाउँपालिकामा युवाहरुलाई निर्वाचनमा परिचालन गर्ने र हरेक टोल टोलमा युवाहरुको संगठन निर्माण गरेर जसपाका उम्मेदवारका पक्षमा माहोल बनाउने कार्य गर्ने जसपाका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »