सिन्धुपाल्चोक । सफल युवा ब्यबसायी तथा नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तोक बहादुर गधराज (तोकेन्द्र)ले सिन्धुपाल्चोक बलेफी ७ मा माओवादीबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन बाट पारीत बिधानले सम्पर्क समन्वय समितिलाई पनि पार्टीको एउटा अंगको रुपमा बिकास गर्दै जाने गरी पोजिसन र हैसियत समेत किटान गरीदिएपछि सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले बिधान बमोजिमनै स्थानिय तहको निर्वाचनमा सम्भावना भएको ठाउँका लागि आफ्नो तर्फबाट सम्बन्धित निकायमा उम्मेदवारको सिफारीस गरी माग दावी गरेको थियो ।
बिधानत सम्पर्क समन्वय समितिलाई समानुपातिक तथा समावेशी रुपमा दश प्रतिशत कोटा छुट्याउनु पर्ने देखिन्छ तर ब्यबहारीक रुपमा त्यस्तो गर्दा असहज हुन सक्ने देखे पछि बिजयको संभावना बोकेको ठाउँहरुमा मात्र स्थान दिईएको छ ।
माओवादी ले उठाएको दलित ,जनजाती ,अल्पसंख्यकको मुद्धालाई सम्बोधन गरेकोमा अन्य पार्टीमा रहेका दलित नेताहरुले समेत आफ्नो फेसबुक मार्फत माओवादीलाई बधाई दिएका छन् ।
माओवादी को कमजोर स्थान मध्य पर्ने यो वडामा गधराजलाई जिताउन सके बलेफी गाउँपालिका माओवादी मय बन्न्ो निश्चित छ ।









