सिन्धुपाल्चोक । निर्वाचन आयोगले आजसम्म दिएको समय सिमा भित्र निर्वाचनमा भागलिने सबै पार्टीका प्रतिनिधिहरुले मनोनयन दर्ता गराएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका मा पनि बिभिन्न पार्टीको प्रतिनिधिहरुको मनोनयन दर्ता भएको छ ।
बलेफी गाउँपालिका को वडा नं. ६ मा भने यसपालि नेकपा एमाले ,नेपाली काँग्रेस , र नेकपा (माओवादी केन्द्र) बिच घमासान हुने देखिएको छ ।
उस्ताउस्तै प्रतिद्वन्दी बिच हुने प्रतिस्पर्धामा कसले बाजि मार्ला अहिल्यै अन्दाज गर्न सकिने अवस्था भने छैन ।
नेकपा एमाले बाट मनोनयन दर्ता गराएका तेज बहादुर पराजुली अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएका उम्मेदवार हुन् भने नेपाली काँग्रेस बाट मनोनयन दर्ता गराएका विष्णु प्रसाद तिमल्सिना नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसबाट टिकट पाएका ब्यक्ति हुन् । त्यस्तै माओवादी केन्द्रका चित्र बहादुर तामाङ अघिल्लो निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुन् ।

सिन्धुपाल्चोकको बलेफी ६ मा यसपालिको चुनावमा बाजि कसले मार्ला ?








