सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नं ३ (ख) बाट पराजित भएका सह्बुद्दिन अनसारीले दिए मतदातालाई धन्यवाद

नेपालगञ्ज, बाँके क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्यमा पराजित जनमत पार्टी नेता सह्बुद्दिन अनसारीले यस क्षेत्रका मतदातालाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमा स्टाटसमा लेख्दै उनले बांके का प्रदेश सभा सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन् ।

उनले मतदातालाई पनि धन्यवाद दिएका छन् । चुनावमाहार जित हुने भन्दै उनले बाँके क्षेत्र नं ३ (ख) का जनताको र देशको सेवा गर्न चुनावको नतिजाले नरोक्ने बताएका छन् । अग्रगमनको पक्षमा मलाई मत दिनु हुने २ हजार २०० को म प्रतिको विश्वास र माया नै मेरो जित हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ’ उनले भनेका छन् ।

चुनावमा हार जित त हुन्छ नै । तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन । चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु ।

निर्वाचनलाई सफल बनाउन खट्नुभएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मी सन्चारकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ ।

भर्खरै

सम्बन्धित खबर

Language »