रुपन्देही । रुपन्देहीको देवदहा नगरपालिका खैरेनीमा रहेको एन आई सि एसिया को शाखा कार्यालय मा ब्यापारी हरुले तालाबन्दी गरेका छन्।
बैंक ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई अनावश्यक टर्चर र दुःख दिएको भन्दै तालाबन्दी गरिएको हो ।
स्थानिय व्यापारी बम बहादुर बि.क.को धितोमा रहेको घरजग्गा आवश्यक प्रकृयानै पुरा नगरी लिलामी निकालेको तथा आन्तरिकरुपमा सेटिङ गरेर बिकको घरजग्गा नजिकैको छिमेकिको नाममा पास गराउने षडयन्त्रको बिरुद्ध तालाबन्दी गर्नुपरेको व्यापारीहरु बताउँछन् ।
समयमा किस्ता र ब्याज बुझाउँदा पनि बेला बेला अनावश्यक झन्झट दिने ,किस्ता र ब्याज तिरेको रेकर्ड नदेखाउने कर्मचारी हरुले आफुखुसी व्यबहार गरेर आम ग्रहाकहरुलाई दुख दिन थाले पछि आफुहरु बाध्य भएर तालाबन्दी गर्नु परेको ब्यपारी हरु बताउँछन्।
यो पहिलो चरणको कार्यक्रम अन्तरगत २ घण्टा बजार बन्द गर्ने र बैकको शाखा कार्यालयमा तालाबन्दि गर्ने निणर्य भए बमोजिम आजको कार्यत्रम सम्पन्न भएको संघर्ष समितिका संयोजक राम प्रसाद देवकोटाले जानकारी गराएका छन् ।
स्थानिय प्रशाासनकाृे पहलमा वार्ताको पहल भएपनि यतिबेला सम्म आधिकारीक वार्ता भने हुन सकेको छैन ।
सानो जनमासले गरेको यो आन्दोलनलाई कमजोर ठानेर बैंकले पुन आफुखुसी गर्न खोजे ठुलो दुर्घटना हुनसक्ने भन्दै यो आन्दोलनलाई कमजोर नसोच्न व्यपारीहरुले चेतावनी समेत दिएका छन् ।









