नेपालगन्ज, आर्थिक मारको चपेटमा परेको देशमा कोरोनाकाल पछि केही मात्रामा फस्टाउन लागेको उद्योग केही दिन अगाडी मात्र परेको पानीले गर्दा करोडौ नोक्सानी भएको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीको भनाई रहेको छ ।

त्यसमाथि नेपाल सरकारको आर्थिक नीति यस्तो रहेको छ कि देश आत्म निर्भर रहेको ईट्टा उद्योगीहरु समेत पलायन हुने अवस्थामा पुग्न सक्ने अवस्थाको सृजना भएको हुँदा त्यसबाट निकासका लागि आज बाँकेबाट शुरु गरी देशभर स्थानीय सरकारलाई ध्यानाकर्षण गराईएको बताउनुभयो ।

कोरोनाकाल पछि ईट्टा पकाउन प्रयोग हुने कोइलाको दाम समेत दोब्बरले बृद्धि भएको, त्यसमाथि बैंकको ब्याज समेत दोब्बरले बृद्धि हुँदा हामी त्यसै मार खेपीरहेको अवस्थामा हाल बाहिरबाट मानव स्वास्थ्यमा असर गर्ने खालको ईट्टा मगाएर सरकारी कामकाजमा प्रयोग भईरहेको जानकारी गराउँदै अब उप्रान्त त्यसो नगर्न स्थानीय सरकारलाई आज आईतबार ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो ।
बुझाईएको ध्यानाकर्षण पत्रमार्फत सम्बन्धित गाउँपालिकाहरुले समेत सकारात्मक सन्देश दिएको तथा आउने दिनमा उद्योग फस्टाउने खालको विकास निर्माणका योजनाहरु ल्याउने र स्थानीय ईट्टा उद्योगीहरुबाट कारोबार गर्ने जस्तो प्रतिबद्धता पालिका प्रमुखहरुले गरेको केन्द्रिय सचिव जैनुल खाँले बताउनुभयो ।

विभिन्न पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाउँदा नेपाल ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष देवबहादुर वली, महासचिव केशवराज भण्डारी, पूर्व कोषाध्यक्ष सुधिरप्रताप सिंहलगायतको १ दर्जन बढीको सहभागिता रहेको थियो ।








