काठमाडौं । सानै उमेरबाट समाजसेवाको यात्रामा लागेका सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका युवा नेता तथा युवा ब्यवसायी देवराज बस्नेत ग्रील तथा स्टील ब्यबसायी महासंघ नेपालको केन्द्रिय सल्लाहकार समितिमा मनोनित हुनु भएकोे छ ।
सानै उमेरमा श्री निम्न माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिनुभएका बस्नेतले सुनकोशी जुरे पहिरो पिडितहरुका लागि राहत वितरण,विश्वलाईनै तरंगित बनाएको कोरोना भाईरस(कोभिड—१९)को लक डाउनको अवस्थामा पिडितहरुको कोठा कोठामै पुगेर राहत वितरण गर्ने जस्ता कार्यमा आफलाई सकृय बनाउनु भएको थियो ।
बस्नेतले चेलीबेटी बेचबिखन बिरुद्धको अभियान तगायत बिभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण जस्तो कार्यमा समेत सहयोग गर्नुु भएको थियो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको कार्यसन्चालनमा गतिशिलता ल्याउन बस्नेत लगायत सात जनालाई सल्लाहाकार समितिमा मनोनयन गरिएको महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले जानकारी गराउनु भएको छ ।

समाजसेवी देवराज बस्नेत ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सल्लाहकारमा मनोनित








