सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित भारतीय मुलका अमेरिकी नागरिक ७० वर्षीय JAYANTIBHAI GORDHANBHAI LIMBACHIYA र उनकै श्रीमती ६३ वर्षीया PRATIMABEN JAYANTIBHAI LIMBACHIYA लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग एरियामा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १९ हजार ५९ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ८ हजार ९ सय ६६ चाइनिज युआन, र  ६० हजार २ सय भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »