सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्यो, दुई कामदार पुरिए

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ ।

घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »