सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा अध्यक्षमा निर्वाचित भए आफुलाई प्राप्तहुने सरकारी सेवा सुविधा बराबरको रकम थपेर सामाजिक काममा लगानी गर्ने स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठको घोषणा

काठमाडौं । आसन्न स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को चुनावी सरगर्मी निकै तात्तिएको छ ।
आजनै स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाए पछि चुनावी माहोल अझ तात्तिएको हो ।
काठमाडौं १६ नं वडामा वडा अध्यक्षको पदको लागि १७ जना ले उम्मेदवारी दिएकोमा १० जना त स्वतन्त्र नै रहेका थिए ।
केहि स्वतन्त्रहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै समाजिक संजालमा पोष्ट समेत गरेका छन् ।
यस वडामा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकिकृत समाजवादी)लाई समर्थन गरे पछि ,मुख्य त नेपाली काँग्रेस ,नेकपा(एमाले) ,राप्रपा,रास्वपा,राप्रपा नेपाल , नेकपा (एकिकृत समाजवादी),नेमकिपा राजनैतिक भिडन्तमा देखिएका छन् भने स्वतन्त्रबाट हात मिलाएको चुनाव चिन्ह सहित आएका देवेन्द्र कुमार श्रेष्ठ , ग्याँस सिलिण्डर चुनाव चिन्ह पाएका पशुपति कठायत प्रभावशालि स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएका छन् ।
सबै राजनैतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले बिभिन्न किसिमका चुनावी एजेन्डाहरु प्रस्तुत गर्दै गर्दा हात मिलाएको चुनाव चिन्ह सहित आएका देवेन्द्र कुमार श्रेष्ठले भने अरु भन्दा फरक एजेण्डा ल्याएका छन् । “भ्रष्टाचार मुक्त वडा,भेदभाव रहित सेवा”लाई मुख्य नारा बनाएका श्रेष्ठले वडा अध्यक्षमा निर्वाचित भए आफुलाई प्राप्तहुने सरकारी सेवा सुविधा बराबरको रकम थपेर सामाजिक काममा लगानी गर्ने स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठको घोषणा गरेका छन् ।
लामो समय सामाजिक तथा राजनैतिक यात्रामा रहेका श्रेष्ठले आफु र आफ्नो परिवारलाई हातमुख जोड्न कुनै समस्या नहुने व्यवस्था आफ्नै व्यवसाय बाट हुने भएकोले जनताबाट उठेको कर बाट १ रुपैयाँ पनि नलिने घोषणा गरेको बताए ।
उनले भने “ यदि मलाई वडा अध्यक्षको रुपमा जिताउनु भयो भने मलाई सरकारी निकायबाट प्राप्तहूने रकममा त्यतिनै रकम थपेर सामाजिक कार्यमा लगाउने छु ।”

भर्खरै

सम्बन्धित खबर

Language »