सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ पत्रकार संघ भक्तपुरको अधिवेशन सम्पन्न, अध्यक्षमा छेडुप तामाङ

भक्तपुर – तामाङ पत्रकार संघ भक्तपुर शाखाको चौथो अधिवेशनबाट छेडुप तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। उक्त अधिवेशन शनिबार सुर्यविनायकस्थित आशीर्वाद कोरियन भाषा सेन्टरको हलमा, रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अधिवेशनले छेडुप तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

निर्वाचित कार्यसमिति
अध्यक्ष: छेडुप तामाङ
उपाध्यक्ष: गणेश बज्र लामा
सचिव: सृजना पाख्रिन
सहसचिव: मिङ्मा योञ्जन
कोषाध्यक्ष: बुद्धि माया तामाङ

सदस्यहरू:

1. सुरेन तामाङ छ्युमी
2. जगत घिसिङ
3. निमा ब्लोन
4. मिङ्मा डोल्पा योञ्जन
5. डिबी गोले तामाङ
6. दावा दोर्जे तामाङ
7. प्रयास गोले
8. विक्रम तामाङ
9. अर्जुन तामाङ
10. दावा मोक्तान तामाङ

नव-निर्वाचित कार्यसमितिले समाजको प्रगति, तामाङ समुदायको उत्थान, र पत्रकारिताको माध्यमबाट सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, वरिष्ठ गायक तथा संगीतकार रोज मोक्तान, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी तामाङ घिसिङ, तामाङ चलचित्र संघका महासचिव उतर लामा, नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा भाषा, लिपि तथा साहित्य विभाग प्रमुख हिरालाल दोङ, र तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बल सहभागी रहेका थिए।

यस्तै,तामाङ महानायक अमिर दोङ, कार्यक्रमलाई समाजसेवी अस्मान वाइवा, बागमती प्रदेशका सचिव जगत घिसिङ, उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङ, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सन्तोष योञ्जन, नेपाल तामाङ मौलिक ह्वाइला न्हानका उपाध्यक्ष अन्तरे घिसिङ, नेपाल राष्ट्रिय सांस्कृतिक घेदुङका उपाध्यक्ष निमा दोङ, गीतकार कुमार स्याङबा, समाजसेवी फुर्पादोर्जे मोक्तान, मोडल लाक्पा लामा, तथा गीतकार ज्ञानदास तामाङलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।                          कार्यक्रमबाट दुई कार्यकालसम्म तामाङ पत्रकार संघ शाखा भक्तपुरको नेतृत्वदायी भूमिका निर्वाह गरेको अध्यक्ष सुदिन लामा र उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङलाई सम्मान गरिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »