काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले सुन बढेको छ ।
महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ पुगेको छ ।








