जानकी , १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत अखिल नेपाल महिला संघ बाँकेले जानकी गाउँपालिकामा रहेको शिबपुरी माविमा कविता प्रतियोगित सम्पन्न गरेको छ । अनेमसंघ बाँकेद्धारा आयोजना गरीएको कविता प्रतियोगितामा शिपुरी मावि शिबपुरका सहिल ओझा प्रथम ,प्रमोद कादु दुतिय महिमा कादु र सान्त्वनामा राजेश स्वर्णकार विजयी भएका छन्् ।
अनेमसंघ बाँकेका अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले महिला हिंसा अन्त्यको निम्ति हामी सबैले म हिंसा गर्दिन,म हिंसा सहन्न र म हिंसा हुन दिन्न भन्ने प्रतिवद्धता गर्न र व्यवहारमा उतार्न जरुरी रहेको औल्याउनु भयो ।

बालबालिकाहरुले किशोराबस्थादेखि नै हिंसा नगर्ने र नसहर्ने हो भने हिंसा न्युनिकरण गर्न सकिने बताउनु भयो । साना बालिका घरैबाट हिंसा र बलात्कृतको शिकार बन्नु परेका उदाहरण दिदै प्रमुख अथिति पोखरेलले लैंगिक हिंसाको जरो घरैदेखि उखेलेर फाल्न जरुरी रहेको औल्याइन ।
अनेमसंघ जिल्ला कमिटि सदस्य जयन्ती खत्रीलेहिंसा न्युनिकरणको निम्ति १६दिन मात्र नभइकन ३सय६५दिन नै सबै जाग्न जरुरी भएकोमा जोड दिइन ।
अनेमसंघ गाउँपालिका अध्यक्ष गगां भण्डारीको अध्यक्षतामा सम्प्न्न कार्यक्रममा शिबपुरी माविका प्रधानअध्यापक देब बहादुर रानाले हिंसा न्युनिकरण गर्नको निम्त घर परिवार र समाज सचेत हुन जरुरी रहेको बताए । कार्यक्रममा विद्यालयका ५सय भन्दा बढि विद्यार्थीको सहभागीता रहेको थियो ।
यसैगरी अनेमसंघ जानकी गाउँपालिका अध्यक्ष गगां भण्डारी , नेकपा एमाले जानकी गाउँपालिका का अध्यक्ष दोर्ण थापा,अनेमसंघ प्रदेश कमिटि सदस्य लक्ष्मी हमाल,अनेमसंघ जिल्ला कमिटि उपसचिव ज्ञानु स्वर्णकार स्कुलका शिक्षक शिक्षीका लगायतको उपस्थिति रहेको थियो ।








