सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

५१ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीलाई पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए। उनीहरूबाट ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार छ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए।  

पक्राउ परेकामध्ये चेक अनादारमा ३३, बैंकिङ कसुर मुद्दामा ६, लागू औषध सम्बन्धी मुद्दामा ३, चोरी, लिखत र लेनदेन बिगो मुद्दामा दुई-दुई र बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग तथा सवारी ज्यान सम्बन्धी मुद्दामा एक-एक जना रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »