काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।
आज समिति सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
यसअघि संघीय संसद सचिवालयले लामिछाने सांसद पदबाट निलम्बित भएको सूचना प्रकाशित गरेको थियो ।
रविविरूद्व कास्की जिल्ला अदालतमा सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता भएको छ ।








