सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो।

स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

भर्खरै

सम्बन्धित खबर

Language »