भक्तपुर । हाम्रो कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु तिवारीको सभापतित्वमा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सुर्यविनायक नगरपालिका वडा नं.५ का वडाध्यक्ष राजकुमार जोशी,वडा सदस्य वासुदेव पोखरेल तथा पारिजात सहकारीका अध्यक्षको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संचालक समितिका पदाधिकारीहरु,सल्लाहकारहरु,बिभिन्न उप—समितिका पदाधिकारी तथा सदस्यहरु,प्रमुख व्यवस्थापक,प्रमुख लेखा अधिकृत,कर्मचारी,शेयर सदस्यहरु तथा मिडियाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
२०७५साल देखि नेतृत्वलिएका संस्थाका अध्यक्ष विष्णु तिवारीले यो बर्षबाट नेतृत्व हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव बहादुर रायमाझीले सहकारी क्षेत्रमा अहिले ठुलो समस्या भए पनि यो संस्थाको अवस्था सन्तोषजनक रहेको बताउँदै सहकारीले नियामानुसार चले कुनै समस्या नआउने बताउनु भयो ।
विगत केहीबर्ष अगाडीको स्मरण गर्दै आफुले नेतृत्व लिँदा र हालको अवस्थाको बारेमा शेयर सदस्यहरुलाई थाहा भएको तथा संस्थालाई यहाँसम्म खेलेको भुमिका बारे सबैलाई थाहा भएको ल्याउन अध्यक्ष तिवारीले बताउनु भयो ।
दयनिय अवस्थामा चलिरहेको संस्थालाई यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै अध्यक्ष तिवारीले “आफ्नो नेतृत्वले हरेक चुनौतिको सामना गर्दै बचतकर्ता,शेयर धनि र ऋणी बिचको सम्बन्धको व्यवस्थापन गर्न आफुले चालेका हरेक पाईलामा साथ दिनुभएका उपाध्यक्ष लाई नेतृत्व सुम्पेको ” बताउनु भयो ।
यो ६ बर्षको अवधिमा हरेक शेयरधनी,बचतकर्ता तथा ऋणीहरुलाई व्यवस्थापन गर्दै आएको यो संस्थालाई आगामी दिनमा आएको नेतृत्वले समेत अझ यो भन्दा राम्रो व्यवस्थापन गरेर अगाडी बढाउने बिस्वास व्यक्त गर्नु भयो ।
साधरणसभाले समितिका उपाध्यक्ष अम्बर बहादु कार्की लाई अध्यक्ष तथा सचिव सिता भट्टराई लाई उपाध्यक्षमा सर्व सहमत निर्वाचित गराउँदै पुरक निर्वाचनको प्रकृया पुरा गरेको छ ।

हाम्रो कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा सम्पन्न : तिवारी बाट कार्कीमा नेतृत्व हस्तान्तरण








