सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

काठमाडौं। रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ ।

स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भई आगोबाट हजरा नजिकै रहेको दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरासहितका घर पूर्ण रुपमा जलेको छ ।

आगलागी भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटना स्थल पुगेको थियो ।

आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राति सुतेको बेलामा आगलागी भएकाले मानवीय क्षति नभए पनि लताकपड़ा, अन्नलगायत जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट के कति क्षति भएको छ यसको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »