सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हुम्लाको भदुखोलामा युवकको शव फेला

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएका छन् ।

मृतक शाहीको शव पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।

हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे शव भेटाएको भन्ने जानकारी प्रहरीलाई दिएलगत्तै प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको थियो ।

भदुखोलाको ५० मिटर टाढा भेटिएको शव माथिल्लो शरीर पानीमा डुबेको र शरीरको तल्लो भाग मात्रै देखिएको थियो ।

शवलाई सदरमुकाम सिमकोट ल्याउने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »